नियम २५
लोक सेवा आयोगबाट निर्धारित कार्यविधि नपु¥याई नियुक्ति गर्न नहुने
(१) लोक
सेवा आयोगबाट प्रत्यायोजित अधिकार बमोजिम नियुक्त हुने पदमा नियुक्त गर्दा नियुक्त
गर्ने अधिकारीले त्यस्तो पदको सम्बन्धमा विज्ञापन गरी लोकसेवा आयोगबाट निर्धारित
प्रक्रिया र शर्तको पालना गरेर मात्र नियुक्त गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम नियुक्त हुने पदमा निर्धारित प्रक्रिया र शर्तको
पालना नगरी नियुक्ति गरेको अवस्थामा सो नियुक्ति अनियमित भएको छ भनी लोक सेवा
आयोगबाट त्यसरी नियुक्ति भएको कर्मचारीको परीक्षणकालभित्र लेखी आएमा निजलाई
सो अवधिभित्र हटाउनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम नियुक्ति गर्दा निर्धारित प्रक्रिया र शर्तको पालन
नगरी नियुक्ति गरेमा त्यसरी नियुक्ति गर्ने अधिकारीलाई विभागीय सजाय हुनेछ ।